धरान । धरान १३ जानकी चोकमा सोमबार साँझ हेमचन्द्र लिम्बूले आफ्नै श्रीमतिकाे ढाड र छातीमा छुरा प्रहार प्रहार गरी हत्या गर्न खाेज्दा स्थानिय हरूले लिम्बूलाइ नियन्त्रणमा लिए पश्चात प्रहरीलाइ खबर गरी जिम्मा लगाए ।
स्थानिय नकी टोल सुधार समितिका सदस्यहरुले लिम्बुलाइ जिम्मा लगाएका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते बनेकी ३२ बर्षीय ललिता लिम्बूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको प्रहरीले जनाएकाे छ ।
लिम्बुले ३२ बर्षीया श्रीमति ललिता लिम्बू पसलमा सामान खरीद गर्न निस्कदा एक्कासी छुरा प्रहार गरेको स्थानियहरूले बताएका छन् । स्थायी घर तेरथुम रहेका लिम्बु श्याम ढकालको घरमा डेरा गरी बसाेबास गर्ने गरेकाे र श्रीमान श्रीमती बिचकाे सम्बन्ध चिसिएपछि उक्त घटना घटेकाे हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान रहेकाे छ ।










