दमक/आफ्नो जन्मोत्सवको अवसरमा राजनीतिक तथा सामाजिक अगुवा नेत्रप्रसाद दाहाललले एक सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाइ स्कूल ब्याग प्रदान गरेकाछन् ।

रस्वती आधारभुत बिद्यालय दमक ३ का ३० जना गरिब बिद्यार्थीहरुलाइ पुस्तक बोक्ने झोला बितरण गरेकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले सोहि अवसरमा बिद्यालयको १ जनालाइ सो बिद्यालयमा अध्ययन गर्दासम्मका लागि सम्पूर्ण पढाइ खर्च ब्यहोर्ने पनि प्रतिबद्धता जनाएकाछन् ।

दाहालले सोहि अवसरमा सरस्वती बालसंग्राहलयलाइ हजुरबुबाले बनाएको काठको हलो हस्तान्तरण गरेका थिए ।

दाहाल नेकपाका दमक नगर कमिटी इन्चार्ज तथा जिल्ला सदस्यहुन् । लामो समय शिक्षण पेशामा पनि आवद्ध रहेका थिए ।