आजको- पञ्चाङ्ग :वि.सं. २०७६ जेठ १५, बुधबार, इ.स. २०१९ मे २,शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, दशमी, १३:४५ उप्रान्त एकादशी,नक्षत्र– उत्तरभाद्रपदा, २०:१४ बजेउप्रान्त रेवती, योग– प्रीति, १३:३९ बजेउप्रान्त आयुष्मान्, करण– भद्रा, १३:४५ बजेदेखि वव, २६:३० बजेउप्रान्त वालव, आनन्दादिमा लुम्ब योग चन्द्रराशि– मीन, सूर्योदय– ५:११ बजे, सूर्यास्त– १८:५२ बजे र दिनमान ३४ घडी १२ पला। पञ्चक। गणतन्त्र दिवस।

भोलिको- पञ्चाङ्ग :वि.सं. २०७६ जेठ १६,बिहीबार, इ.स. २०१९ मे ३०,शकसंवत् १९४१,परिधावी संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष,एकादशी, १५:०८ उप्रान्त द्वादशी, नक्षत्र– रेवती, २२:०९ बजेउप्रान्त अश्विनी,योग– आयुष्मान्, १३:४८ बजेउप्रान्त सौभाग्य, करण– वालव, १५:०८ बजेदेखि कौलव, २७:४० बजेउप्रान्त तैतिल,आनन्दादिमा मित्र योग, चन्द्रराशि– मीन, २२:०९ बजेउप्रान्त मेष, सूर्योदय– ५:११ बजे, सूर्यास्त– १८:५३ बजे र दिनमान ३४ घडी १४ पला। पञ्चक २२ः०९ बजे समाप्ति।व्रत/पर्व – अपरा एकादशी व्रत,सर्वार्थसिद्धि याेग अहाेरात्र।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आफन्त बाट धोका हुन् सक्छ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,रोकियाका कामहरु बन्ने छन्,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ,परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,आजको शुभ अंक ८ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,महत्वपूर्ण काममा ध्यान दिनु होला,आजको दिन तेती राम्रो छैन,आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ९ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,व्यापार व्यवसाय मध्यम रहेको छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ, चोटपटक को सम्भावना छ,आजको शुभ अंक ४ रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विश्वासको वातावरण बन्नेछ,आजको समय सामान्य छ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।



