आजको- पञ्चाङ्ग: वि.सं. २०७६ जेठ १६,बिहीबार, इ.स. २०१९ मे ३०,शकसंवत् १९४१,परिधावी संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष,एकादशी, १५:०८ उप्रान्त द्वादशी, नक्षत्र– रेवती, २२:०९ बजेउप्रान्त अश्विनी,योग– आयुष्मान्, १३:४८ बजेउप्रान्त सौभाग्य, करण– वालव, १५:०८ बजेदेखि कौलव, २७:४० बजेउप्रान्त तैतिल,आनन्दादिमा मित्र योग, चन्द्रराशि– मीन, २२:०९ बजेउप्रान्त मेष, सूर्योदय– ५:११ बजे, सूर्यास्त– १८:५३ बजे र दिनमान ३४ घडी १४ पला। पञ्चक २२ः०९ बजे समाप्ति।व्रत/पर्व – अपरा एकादशी व्रत,सर्वार्थसिद्धि याेग अहाेरात्र।

भोलिको- पञ्चाङ्ग : वि.सं. २०७६ जेठ १०, शुक्रबार, इ.स. २०१९ मे २४,शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, षष्ठी, ३०:०६ उप्रान्त षष्ठी, नक्षत्र– उत्तराषाढा, ७:५८ बजेउप्रान्त श्रवण, योग– शुक्ल, १०:५८ बजेउप्रान्त ब्रह्म, करण– गर, १७:१४ बजेदेखि वणिज, ३०:०६ बजेउप्रान्त वणिज, आनन्दादिमा कालदण्ड योग, चन्द्रराशि– मकर, सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३४ घडी ०१ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,प्रतिस्पर्धामा पनि विजयी भइनेछ, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आजको शुभ अंक १२ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो भ्रमण सम्भावना छ,चिताएको काम समेत सम्पादन हुनेछ,पारमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,टाढिएका साथीभाइ नजिकिनेछन्,आजको शुभ अंक १ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आँटले काम लिन नसक्दा पछि परिनेछ, आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका छ,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, लामो यात्राको प्रक्रिया अघि बढ्नेछ, आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्,विभिन्न सहयोग र उपहार पाइनेछ,महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,आजको शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,आम्दानी प्रशस्तै बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ, आतिथ्यपूर्ण सम्मान पाइएला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah