८ चैत्र । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई निमुठ्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले आफ्नो नेतृत्वमा सरकार गठन गरेपछि एमाले सरकार गठन हुदाँ देखिबाटै वर्तमान सरकारप्रति कडा रुपमा प्रस्तुत भयो ।

तर पछिल्लो समय सरकारप्रति एमाले नरम बन्दै गएको छ । प्रमुख प्रतिपक्ष एमाले प्रदेश सीमांकनबाहेकको संविधान संशोधन प्रस्ताव ल्याउन सरकार लचिलो बन्दै गएपछि एमाले नरम बनेको समाचार शुत्रहरु बताउँछन् ।

पछिल्लो समय कांग्रेस, माओवादी, एमाले, राप्रपा विच सिंमाकनको प्रस्तावलाई थाती राखि अघि बढ्ने समझदारी बनेको नेताहरु बताउछन् ।

प्रदेशको सीमांकन हेरफेरको प्रस्ताव भने संविधान विपरीत भएको भन्दै एमाले त्यसलाई स्वीकार नगर्ने अडानमै छ ।

सोमबार भएको प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमांकनबाहेकका विषयमा सहमति जनाउन एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए । यसबारेमा पार्टीको बैठक राखेर छलफल गर्छु भन्दै ओली बालुवाटारबाट बाहिरिएका थिए ।

प्रधानमन्त्रीको प्रस्तावबारे छलफल गर्न ओलीले सोमबार साँझ स्थायी समितिको बैठक बोलाएका थिए । स्थायी समिति बैठकमा नेताहरुले मोर्चाले निर्वाचनमा आउने ग्यारेन्टी गर्नुपर्ने र संसदीय प्रक्रिया अनुसार पास फेल जे भए पनि मान्नु पर्ने अडान कुरा राखेका थिए । त्यसपछि पार्टीको सोही सन्देश लिएर अध्यक्ष ओली फेरि प्रधानमन्त्री निवास पुगेका थिए ।

मोर्चाले चुनावमा भाग लिने प्रतिबद्धता जनाए संशोधन प्रस्तावको प्रक्रियामा आफूहरुले प्रमुख प्रतिपक्षी दलको हैसियतमा धर्म निर्वाह गर्ने कुरा प्रधानमन्त्री प्रचण्डसँग राखेको ति नेताले बताए ।

यसबारेमा ओलीले पहिले मधेसी मोर्चालाई मनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो । तत्कालकै लागी मोर्चा पनि आन्दोलनको मुडमा देखिदैन् । यसमा सहमती हुने सम्भावना प्रवल छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah