धादिङ- थाक्रे गाउँपालिका वडा नं १ सिम्लेमा पर्यटक बस दुर्घटना भएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस राजमार्गबाट पचास मिटर तल खोलामा खसेर दुर्घटना हुँदा १६ जना घाइते र दुई जना गम्भीर घाइते भएको प्रहरी इन्सपेक्टर उद्धव पोखरेलले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार सिम्लेमा ना ५ ख ८०६८ नम्बरको कन्टेनरले ओभरटेक गर्न खोज्दा बसमा ठोक्किएपछि बस सडकबाट तल झरेको हो ।

सडकबाट बस खोलामा खसेपछि बजारबासी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । दुर्घटनामा घाइते भएको १६ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उद्धारकर्ता राजु थापाले बताए ।

तस्वीर : कृष्णको फेसबूक वालबाट