प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’का स्वकीय सचिवालयका अधिकृत चेतराज भट्टले  बलात्कृत बालिकाका अभिभावकलाई अभियुक्त विरुद्धको मुद्दा फिर्ता लिन दवाव दिएको आरोप लागेको छ । काठमाडौं–३४ कागेश्वरीका ३४ वर्षीय लोकराज पाण्डेले घरेलु कामदारका रुपमा रहेकी १६ वर्षीय रिस्मा दुलाल(नाम परिवर्तन) लाई २२ फागुनमा बलात्कार गरेका थिए । अभियुक्त पाण्डेलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएका प्रहरी टोलीले २६ माघमा घरबाटै पक्राउ गरेको थियो । तर, पीडित बालिकाका बुबा नै मुद्दा फिर्ता लिने मनस्थितिमा पुगेपछि अभियुक्त विरुद्ध कारबाही अघि बढाउने कि स्थगित गर्ने दुविधामा प्रहरी पुगेको छ ।

प्रहरीका अनुसार प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव भट्टले मुद्दा फिर्ता लिन पीडित बालिकाका बुबालाई दवाव दिइरहेका छन् । अभियुक्त पाण्डे भट्टका आफन्त हुन् । पीडित बालिकाले मुद्दा फिर्ता लिन पटक–पटक दवाव आएको स्वीकार गरिन् । उनले भनिन्,‘मुद्दा फिर्ता लिन दवाव आएको छ । बुबा मुद्दा फिर्ता लिनु पर्छ भनिरहुन भएको छ । म त त्यसलाई कारबाही होस् भन्ने चाहन्छु । तर बुबा मानिरहनु भएको छैन । बुबाले किन यस्तो भनिरहनु भएको हो बुझ्नै सकिएको छैन ।’
संरक्षणमा खटिनु पर्र्ने बुबा नै पीडितको पक्षमा उभिन पुगेपछि पीडित बालिका अहिले सिविस नेपालपको संरक्षणमा पुगेकी छिन् ।  तर, भट्टले भने पीडित वालिका र पीडक पाण्डे दुवै आफ्नो नातेदार भएकाले बुझ्न मात्रै प्रहरीकोमा गएको र आफू पीडकलाई उन्मुक्ति दिने पक्षमा नरहेको वयान दिएका छन् ।

यसरी भयो घटना 
पीडित बालिकाका अनुसार २२ माघ साँझ घटना भएको हो । उनी भन्सामा काम गर्दै थिइन् । घरमा कोही थिएन । अभियुक्त पाण्डेले बालिकालाई भन्सामै समाते । घिसार्दै लगेर कोठामा पुर्याए । बालिका चिच्याउन थालिन् । पाण्डेले उनको मुख थुने । हात खुट्टामा जोडले समातेपछि  बालिका  चटपटाउन सकिनन् । बालिकाले अझै बल गरिन् । तर पाण्डेका सामु उनको केही सिप चलेन । अन्तत उनी बलात्कृत भइन् ।

घटना पहिलो पटक होइन 
पीडित बालिकाका अनुसार दुई वर्षअघिबाट पाण्डेको घरमा उनी घरेलु श्रमिकका रुपमा काम गर्थिन् । घरमा उनीकी श्रीमति, आमा र एक छोरा छन् । श्रीमति नेपाल टेलिकममा जागिरे छिन् । उनकी आमा प्राय घरमा बस्दिनन् । छोरा विद्यालय जान्छ । दिउँसो घरमा कोही हुँदैन । त्यही मौका छोप्दै उनले यस अघि पनि पटक–पटक बालिका माथि बलात्कार गर्दै आएका थिए । बालिकाले भनिन्,‘म दुई वर्ष अघिदेखि त्यस घरमा काम गर्थेँ । उसले मलाई तीन महिनादेखि नै बलात्कार गर्न थाल्यो । पीडा पोख्ने कोही थिएन । साहुनीलाई भनौं जस्तो लाग्यो । तर भन्ने आँट नै आएन । साथीहरु सँग पनि भन्न सकिनँ । उसले त झन् मौका पायो । त्यसपछि बलात्कारका घटना झन बढ्न थल्यो ।’

यसरी घटना सार्वजनिक भयो 
पीडित बालिकाका अनुसार उनलाई बानेश्वरको एक सामुदायिक विद्यालयमा भर्ना गरिएको थियो । उनी सोही विद्यालयमा कक्षा नौमा अध्ययनरत छिन् । घरमा बलात्कारको घटना बढदै गएपछि उनले साथीसँग पीडा पोखिन् । साथीले अर्की साथीलाई भनिन् । हुदाँहुँदा घटना विद्यालयका शिक्षकसम्म पुग्यो । शिक्षकले घटना विरुद्ध प्रहरीमा उजुरी गर्न सुझाव दिए । सोही अनुसार पीडित बालिका महानगरीय प्रहरी वृत बानेश्वर पुगिन् । उजुरी दर्ता गरिन् । उजुरी गरेको भोलिपल्टै प्रहरीले अभियुक्त पाण्डेलाई पक्राउ गर्यो । अहिले उनी प्रहरी हिरासतमै छन् । तर, बालिकाका बुबाले  मुद्दा फिर्ता लिन बालिकालाई दवाव दिन थालेपछि  मुद्दा अघि बढ्न सकेको छैन ।

के भन्छन् सिविसका कार्यक्रम अधिकृत प्रदीप डंगोल ?
हामी बालअधिकारको क्षेत्रमा काम गर्छाैं । विद्यालयले वालिका वलात्कृत भएको खवर गरेपछि हामी स्कूलमा गयौं । घटना सम्वन्धमा अध्ययन गर्यौं । बालिका  बालत्कृत भएको पुष्टि भएपछि  उजुरी हाल्न बालिका सहित महानगरीय प्रहरी वृत्त बानेश्वर पुग्यौं । उजुरी दर्ता भयो । भोलिपल्टै प्रहरीले  अभियुक्त पाण्डेलाई पक्राउ गर्यो । असुरक्षित हुने भएपछि प्रहरीको सिफारिसमा बालिका हामीले लियौं । भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दहालका स्वकीय सचिव चेतराज भट्ट सिविस कार्यलयमा आए । बालिकाबारे सोधखोज गरे । हामीले घटना सम्वन्धमा बतायौं । उनी फर्के । त्यसको भोलिपल्ट प्रधानमन्त्रीका स्वकीय सचिव भट्ट बालिकाका बुबा सहित प्रहरी कार्यालयमा देखा परे । उनले बालिकाका बुबालाई प्रभावमा लिएछन् । बुबा त मुद्दा फिर्ता लिनु पर्यो भन्छन् । अहिले पनि पीडित बालिकाको बुबा उनीहरुसँगै छन् । मुद्दा फिर्ता लिन भनिरहेका छन् । जिल्ला बाल कल्याण समिति काठमाडौंको सिफरिसमा बालिका हामीसँग छिन् । ठूलो पहुँचका ब्यक्तिले बालिकाका बुवालाई प्रभावमा राखेर मुद्दा फिर्ता लिन दवाव दिइरहेकाले मुद्दा कसरी अघि बढ्छ भन्न सकिने अवस्था छैन ।

के भन्छन्, प्रधानमन्त्रीका स्वकीय सविच भट्ट ? 
अभियोग लागेका पाण्डे र पीडित भनिएका बालिका दुवै मेरा आफन्त हुन् । आफन्त भएको नाताले म प्रहरी कार्यलय पुगेको हुँ । पीडित बालिकाको  बुबा पनि हाम्रै सम्पर्कमा छन् । तर मैले मुद्दा फिर्ता लिन दवाव दिएको भन्ने हल्ला झुटो हो । मैले कुनै दवाव दिएको छैन । म घटनाबारे अनुसन्धान होस् । दोषी देखिए अभियुक्तलाई कारबाही होस् भन्न चाहन्छु ।

के भन्छन् प्रहरी 
महानगरीय प्रहरी वृत बानेश्वरका प्रमुख डिएसपी नारायणप्रसाद चिमोरियाले अभियुक्तलाई पक्राउ गरिएको बताए । उनले भने, ‘अभियुक्त पाण्डेलाई पक्राउ गरिएको छ । पीडित बालिकाको मेडिकल परिक्षण पनि भएको छ । घटना अनुसन्धानकै क्रममा छ । त्यसो हुँदा घटनाको बिस्तृत जानकारी केही दिनपछि हामी आफंै सार्वजनिक गर्छौ । त्यसपछि तपाईहरुले थाहा पाईहाल्नु हुन्छ ।’

के भन्छिन् बालिका ?
मेरो घर डोटी जेजोमाण्डौ–२ मा पर्छ । घरमा हामी सात बहिनी छोरी छौं । दाजुभाइ छैनन् । म काइँली हुँ । घरमा आर्थिक अवस्था कमजोर छ । खान लाउन पुग्दैन । मलाई पढ्ने इच्छा थियो । त्यही क्रममा बुबाले मलाई घरेलु कामदारको रुपमा काठमाडौं पठाउनुभयो । दुई वर्ष अघि म लोकराज पाण्डेका घरमा आएर बसेँ । मलाई उनकी आमाले ल्याएकी हुन् । तीन महिनादेखि नै  ममाथि यस्तो घटना भयो । साहुनीलाई भनौ कि भन्ने लाग्यो । घर फर्काइदिने डरले मैले भनिनँ । घर फर्काइदिए मेरो पढाइ बिग्रिन्थ्यो । म पढ्न चाहन्थेँ । मलाई सरकारी विद्यालयमा भर्ना गरिएको थियो । घटना सम्वन्धमा साथीहरुसँग पनि भनिनँ । बलात्कारका घटना बढ्दै गयो । मैले सकेसम्म सहेर बसेँ । अति भएपछि मैले सहन सकिनँ । पीडा साथीसँग पोखेँ । साथीले शिक्षकलाई भनिछन् ।  शिक्षकसँग मैले प्रहरीमा उजुरी हालेँ । प्रहरीले पक्राउ  गर्यो । मैले घरबाट बुबालाई बोलाएँ । भेट हुँदा उहाँ रुनू भयो । म आफन्तको शरणमा थिएँ । उहाँ जानु भयो । पछि के भयो कुन्नी उहाँले त उजुरी फिर्ता लिनु पर्छ पो भन्नु हुन्छ । म छाँगाबाट खसे झैँ भएकी छु । म चाहन्छु त्यसलाई बारबाही होस् । तर, बुबा नै उनीहरुको पक्षमा उभिनु भएको छ । अव के हुन्छ केही थाहा छैन ।

chakrapathbata

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah