काठमाडौं । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागेका कलाकार सिताराम कट्टेल धुर्मुस र उनको धुर्मुस सुन्तली फाउण्डेशनका कर्मचारीलाई धम्की आएको छ । केही दिननअघिदेखि धम्की आइरहेकोमा बुधबार केही स्थानीयले निर्माणाधीन रंगशालाको बारमा डोजर चलाइदिएका छन् ।

नेकपाका स्थानीय नेता प्रकाश कँडेल, फाउण्डेशनको साइट कार्यालय रहेको घरका घरधनी सुरेन्द्र विक लगायतको संलग्नतामा डोजर चलाइएको स्थानीयले बताएका छन् । रंगशाला निर्माण भइरहेको स्थानको पश्चिमतर्फ सडकका लागि केही जग्गा छाड्नुपर्ने स्थानीयले माग राख्दै आएका छन् । यो ठाउँ कृषि तथा वन विश्वविद्यालयले उपयोग गरिरहेको छ । डोजर चलाउनेहरुले फाउण्डेशनका कर्मचारीलाई समेत धम्की दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यहाँका केही स्थानीय ठेकेदारले आफूसँगै निर्माण सामग्री लिनुपर्ने र स्थानीयलाई केही प्रतिशत कमिशन दिनुपर्ने धन्दै धम्की दिइरहेका छन् । फाउण्डेशनका कर्मचारीका अनुसार डोजर लगाउने काममा तिनै ठेकेदारहरुको संलग्नता छ । घटनामा संलग्न भएको अभियोगमा १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।