काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संघीय संसदमा आर्थिक बर्ष ०७६/ ७७ को बजेट पेश गरिरहदा काठमाडौं उपत्यकाको कतिपय स्थानमा भने भीषण असिना पानी बर्षा भएको छ । अपरान्ह साढे चार बजेदेखि काठमाडौंको बिभिन्न भागमा असिना पानी बर्षा भएको हो ।
असिना पर्दा काठमाडौंवासीले रमिता नै मानेको देखिदा बर्षाले केही शीतल महसुस गराएको छ ।केही दिन अघिदेखि गर्मीले ताँतिएको काठमाडौंलाई आजको बर्षाले केही हदसम्म भए पनि राहत दिएको छ ।










