काठमाडौं | भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष लिने शपथग्रहण कार्यक्रममा सहभागी हुनेछन्। भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले बिहीबार अपराह्न शपथ ग्रहण गर्दैछ।
यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई सपथग्रहण कार्यक्रमका लागि बोलाएका छन् । यसअघि उनले सार्क सदस्य राष्ट्र, लाई निम्ता गरेका थिए। निम्त्याएका छन्। प्रधानमन्त्री ओली पनि बिम्स्टेक सदस्य मुलुककै सरकार प्रमुखको रुपमा मोदीको सपथग्रहणमा सहभागी हुनेछन् ।










