काठमाडौं, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न आफ्नो दल माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजे बस्ने बैठकमा आफ्नो चीन भ्रमण, दलहरूसँग भएको छलफल, निर्वाचनको तयारी, प्रहरी महानिरीक्षकको बढुवा विरुद्ध सर्वोच्चको फैसला आदिका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
केन्द्रीय कार्यालयको बैठकमा मधेसी मोर्चा मोर्चालाई पनि साथ लिएर अगाडि बढ्ने विषयमा संविधान संशोधनको कुरालाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल हुने जनाइएको छ । बैठकमा सर्वोच्च अदालतको फैसला र प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा पनि छलफल हुने सक्ने माओवादीका एक सदस्यले बताए ।



