मोरङ, १७ जेठ । भेट्न बोलाएर प्रेमिकाको हत्या गर्ने विराटनगर–१० का ३० बर्षीय दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला गरेको छ ।
जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले पीडित परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति सहित अभियुक्त भटराईलाई जन्मकैदको फैसला गरेको हो ।
अभियुक्त दिनेशले १ भदौ २०७५ जरुरी भेटघाटको बहाना बनाएर ग्रामथान गाउँपालिका ३ सिद्राहास्थित फलैचामा धारिलो हतियार प्रहार गरी सोही ठाउँकी २३ बर्षीया प्रेमिका शिखा घिमिरेको छुरा प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए ।
प्रहरीका अनुसार फलैचामा बसेको बेला दिनेशले प्रेमिकाको टाउको घाँटी, पेट, शरीरमा छुरा प्रहार गरेका थिए । धारिलो हतियार प्रहार गरी हत्या हँुदै गरेको देखेका गाउँलेहरुले बाटो छेकेर घेरा हाली दिनेशलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
पहिले जन्मकैद सजाय हुँदा २० बर्षसम्म जेल बस्दा पुग्दथ्यो । तर नयाँ फौजदारी अपराधसंहिता २०७४ लागू भएपछि जधन्य अपराध गर्नेहरुलाई जीवनभरका लागि जन्मकैद हुन्छ ।










