काठमाडौं, जेठ १८ । केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ । यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/१८ देखि २०७६/०२/२० ) हेर्नुहोस

जेष्ठ १८ गते (शनिबार): दिउँसो: देशको पुर्वी तथा मध्य भु-भाग लगायात पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भु-भागमा आंसिक बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राति: देशैभरि आंशिक देखि सामान्य वदली रही देशको पश्चिमी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेष्ठ १९ गते (आइतबार ): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशैभरि आंशिक देखि सामान्य वदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

जेष्ठ २० गते (सोमबार ): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही देशको पश्चिमी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भूभागमा आंसिक बदली रहने देखिन्छ ।