काठमाडौं । देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तथा मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना छ ।

देशका पश्चिम तथा मध्यभागका केही स्थानहरुमा मेघ गर्जन, हावा हुरीसहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, राति देशैभरि आंशिक बदलीको सम्भावना छ । पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पुर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।