भैरहवा, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै लामो समय नटिक्ने दावी गरेका छन् ।

उनले सरकारले संबिधानको मर्म र भावना विपरीत काम गर्दै हिंडेकाले कम्युनिष्ट नेतृत्वको सरकार लामो समय नटिक्ने लक्षण देखाइरहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल प्रेस युनियन रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयक, स्वतन्त्र न्यायलयमाथिको हस्तक्षेप तथा मानवअधिकार माथिको ठाडो हस्तक्षेप संबिधानको मर्म र भावना बिपरीत रहेको बताए ।

सभापति देउवाले बर्तमान सरकार पछिल्लो समय तानाशाह शैलीमा अगाडि बढेको बताउँदै नेपालमा तानाशाह सम्भव नभएकोे जिकिर गरे । सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयक, स्वतन्त्र न्यायलय माथिको हस्तक्षेप तानाशाहि प्रबृति भएको टिप्पणी गर्दै सभापति देउवाले सरकारले प्रेस र न्यायलयलाई स्वतन्त्र नछोडे राणा, पञ्चायत र राजा जस्तै सदाका लागि कम्युनिष्टहरुलाई पनि हटाउने चेतावनी दिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ह्वाईट बडी जहाज, बुडि गण्डकी जलबिद्युत आयोजना, बालुवाटार प्रकरणमा सरकारले चरम भ्रष्टचार गरेको समेत आरोप लगाए । उनले सरकारका गलत कामको भण्डाफोरका लागि कांग्रेसले सडक आन्दोलन समेत गर्ने बताए । नया पेज बाट