झापा । झापाको पुरानो बजार शनिश्चरेमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । अर्जुनधारा ८ स्थित बिजुली अफिस पूर्वपट्ट को घरमा आगलागी हुँदा घर पूर्णरुपमा नष्ट भएको हो ।
शनिश्चरे विद्युत् प्राधिकरणका कर्मचारी कमल रायका अनुसार घरमा भएका लत्ताकपडा, सरसामान केही बचाउन सकिएन । स्थानीयको प्रयासबाट आगो नियन्त्रणमा ल्याइएकाले छिमेकीको घरमा आगजनी हुनबाट बचेको थियो ।
नियन्त्रणमा आइसकेपछि बिर्तामोडको नगरपालिकाको दमकल पनि आइपुगेको बताइएको छ । त्यस घरमा रहेको दुई वटा ग्यासको सिलिण्डर पड्किँदा शनिश्चरे बजार र अर्जुनधारा क्षेत्रको आसपासमा ठुलै आवाज आएको थियो । टिन र बाँसले बनेको घर आगलागीमा परी सबै ती व्यक्तिको सम्पूर्ण धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।











