दमक/ सागर श्रेष्ठ पछिल्लो समयमा दमकमा एउटा उदाउदो युवा हुन् । शैक्षिक र सामाजिक क्षेत्रमा उनी पहिचान स्थापित गराउने ध्याउन्ने लागिपरेकाछन् ।

झापा मोडल इङ्लिस स्कूल (जेम्स) का प्रीन्सिपल श्रेष्ठले दमकमा आफ्नो स्कूललाइ विश्वप्रतिस्पर्धी बनाउन र दमकमा फरक पहिचान छाड्न सफल बन्दै गएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनि शिक्षा क्षेत्रसंगै सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेकाछन् ।

रोटरी क्लव अफ दमकमा आवद्ध भएर सामाजिक काम गर्दै आएकाछन् ।

उनले आफुलाइ सामाजिक क्षेत्रमा उभ्याउदै आफ्नो स्कूलमा पढ्ने बिद्यार्थीहरुलाइ पनि सामाजिक बनाउदै लगेकाछन् ।

बुबा जयबहादुर श्रेष्ठले शिक्षा क्षेत्रमा लामो समय बिताए ।

उनले नै खोलेको जेम्स हाँक्ने मुख्य जिम्मेवारी अहिले सागरले नै लिएकाछन् ।

समय सुहाउदो ब्यवहारिक र विश्वप्रतिस्पर्धी शिक्षामा आफु लागि परेको श्रेष्ठले जनाएकाछन् ।