धरमपुर, २० जेठ–नेपाल कम्युनिष्ट पाटी (नेकपा) झापाका सचिवालय सदस्य एबम् क्षेत्र नं ४ का इन्र्चाज राधाकृष्ण खनाललाई पुत्री शोक परेको छ । शिबसताक्षी–१ धरमपुर निवासी खनालकी कान्छी छोरी रञ्जना (रञ्जु) खनालको पुर्वपश्चिम राजमार्गमा पर्ने धरमपुर चौकमा सवारी दुर्घट्नामा परेर ज्यान गएको हो ।

फोटो गुगल

दुर्घट्नामा सख्त घाइते अवस्थामा रञ्जना (रञ्जु) लाई उपचारको निम्ति बिर्तामोडस्थित एक अस्पतालमा लगिएको प्रहरीले बतए । तर, रञ्जुको बिर्तामोडको एक अस्पतालमा उपचार पुरयाइएको भएपनि उनको ज्यान गइसकेको परिवार स्रोतले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाल, उनको मेची अस्चल अस्पताल भद्रपुरमा पोष्र्टमार्टम गराइरहेको र आजै शिबसताक्षी–१० माइधारस्थित कनकाई (माई) नदीमा अन्तिम संस्कार गरिने भएको खनाल परिवारलाई उद्रित गर्दै नेकपा शिबसताक्षी नगरका नेता नेत्र नेम्बाङले जानकारी दिएका छन् । हाम्रो सरोकार बाट साभार गरिएको