काठमाण्डु, २० जेठ – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित वडा ३ छेस्काममा रहेको प्रहरी चौकी नियन्त्रणमा आक्रमण नगरेको स्पष्ट पारेको छ ।

विप्लवका २५–३० जनाको समूहमा आएका कार्यकर्ताले प्रहरी चौकी आक्रमणको प्रयास गरेको समाचार बाहिर आइरहेका बेला विप्लवकोतर्फबाट आधिकारिक धारणा आएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महासचिव प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा चौकी कब्जाको हल्ला फेक भएको बताएको छ । नेकपाले पार्टीको सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कुनै योजना नरहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सोलुखुम्बुमा त्यस प्रकारको कुनै घटना भएको छैन’, प्रकाण्डले भनेका छन्, ‘पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप त्यस प्रकारको समाचार ल्याएको स्पष्ट पार्न चाहन्छौँ ।’