काठमाडौं, २० जेठ । प्रहरीले बेला–बेलामा नक्कली नोटहरु बरामद गर्दै आइरहेको छ । भारतीय मात्र होइन नेपाली नोटहरु समेत नक्कली गरेर निकालिंने गरिएकाे पाइएकाे छ ।

नेपाल राष्ट्र बैंकले बजारमा नक्कली नोटको विगविगी हुन थालेपछि सक्कली नोट कसरी चिन्ने उपायबारे जानकारी गराएको छ । बैंकले १००, ५०० र १००० रुपैयाँ दरका नोट चिन्ने उपाय सिकाएको हो ।
एक हजार दरका नयाँ नोट दृष्टिविहीनहरुले छामेर नै थाहा पाउँछन् । पाँच सयका नोटमा पनि विशेष सुरक्षा अपनाइएको छ ।
यसरी चिन्ननुस् नक्कली र सक्कली नोट







