युवा रेडक्रस सर्कल दमक बहुमुखि क्याम्पसले क्याम्पसमा ढलका कारण परेको समस्याको बिषयमा क्याम्पस प्रशासनको ध्यानकर्षण गराउने भएको छ । क्याम्पस हाताभित्र रहेको ढल दुर्गन्धित र अब्यवस्थित हुदा बिद्यार्थीहरुको स्वास्थ्यमा समस्या भएको भन्दै यस बिषयमा सुधारका लागि प्रशासनको ध्यानकर्षण गराउने निर्णय भएको सर्कलकी सचिब बिपना बरालले बताइन । यसैगरि रेडक्रस सर्कलले क्याम्पस हाताभित्र फूलवारी निर्माण गर्ने निर्णय गरेको समेत जानकारी दिइन ।