काठमाडौं । आइतबार एक पिताले आफ्नै नाबालिग छोराको हत्या गरेका छन् । छोराको हत्या गरेर उनले एउटा मात्र भुल गरेनन् पत्नीको मृत्युको पनि जिम्मेवार बने ।

आफ्नै पतिले छोराको हत्या गरेपछि पत्नीले आत्महत्या गरिन् । जब घरमा यी सब घटना भइरहेको थियो त्यति बेला छोरीले घटनाको पूरै भिडियो खिचिन् । सुन्दा पत्यार नलाग्ने यो घटना भारतको कर्नाटकस्थित बैंगलुरुको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भिडियो भाइरल भएपछि प्रहरीले छोराको हत्यारा पिता सुरेशलाई पक्राउ गरेको छ । मृतकहरुमा उनकै २८ वर्षीया पत्नी गिता बाई र १२ वर्षीय छोरा बरुण रहेको भारतीय मिडियाले उल्लेख गरेको छ । यो घटना आइतबार रातिको हो ।

सुरेशले छोरालाइ झुड्याइरहेका बेला घरमा हल्लाखल्ला भयो । त्यसपछि छिमेकीहरु आए, केहीले सुरेशलाइ रोक्ने प्रयास गरे भने केहीले प्रहरीलाई खबर गरे । खबर पाएपछि आएको प्रहरीले सुरेशलाई गिरफ्तार गरेको हो ।

आफूले ऋण तिर्न नसकेपछि छोरा र पत्नीले आत्महत्या गरेको सुरेशले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । सुरेशको बयानपछि प्रहरीले गरेको छानबिनमा उसले छोराको हत्या गरेको खुल्न आएको हो । सुरेश अहिले प्रहरी नियन्त्रणमा छ । घटनाबो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।जनता समाचार बाट साभार