धरान । इटहरी–धरान सडक खण्ड अन्तर्गत विश्वकर्मा मन्दिरभन्दा केही मिटर तल रोकिराखेको ट्रकमा पछाडिबाट स्कुटीले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको छ ।

धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भएकी कविता तुम्बाको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार राति ८ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इटहरीबाट धरानतर्फ आउँदै गरेको को २६ प ५८१ नम्बरको स्कुटी तेल सकिएर रोकिराखेको ना ५ ख ४२४५ नम्बरको ट्रकमा ठक्कर खाँदा उनी गम्भीर घाइते बनेकी थिइन् ।

उनी बीपी प्रतिष्ठानमै नर्सका रूपमा कार्यरत रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । स्कुटर र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको धरमपुरमा सोमबार बिहान दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका १ बस्ने २७ वर्षीया रञ्जना खनालको ज्यान गएको थियो । उनि स्थानीय स्वास्थ्य चौकीमा ल्याव असिस्टेण्डमा कार्यरत थिइन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १० प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ आइरहेको मे ७ प १६७८ नम्बरको स्कुटरमा सवार खनाललाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक खनालको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।