काठमाण्डु, २१ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

एनजिओप्लाष्ट गरेर शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आराम गरिरहेका मुख्यमन्त्री पौडेललाई भेटेर प्रधानमन्त्रीले स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गरेका थिए । स्वास्थ्यमा समस्या देखिएर आइतबार पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्पतालका मुटुरोग विषेशज्ञ डा. चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा. अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।

अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको छ ।