एजेन्सी । बलिउड फिल्म इन्डस्ट्रीमा श्रीदेवी पुत्री जान्हवी कपूरले भरखर पाइला टेक्दैछिन् तर उनले सार्बजनिक स्थलमा लगाउने पहिरनलाई लिएर विभिन्न प्रतिक्रियाहरु आउने गर्दछन् ।यस्तैमा अभिनेत्री कट्रिना कैफले जान्हवीको पहिरनलाई लिएर एक टिप्पणी गरेकी छिन् ।

कट्रिनाले नयाँ पुस्ताका नायिकाहरू विशेषगरी जान्हवीको पहिरन निकै छोटो हुने गरेको जसले गर्दा आम सर्वसाधारणमा नायिकाहरु प्रतिको दृष्टि नराम्रो हुने बताएकी छिन् । नेहा धुपियाले होस्ट गरेकोे एक कार्यक्रममा अन्तर्वार्ता दिने कममा उनले अहिलेका पुस्ताका अभिनेत्रीले पहिरनमा आफूलाई बढी नै प्रदर्शन गर्न थालेको उनले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले तोकेरै श्रीदेवीकी छोरी जाहन्वी कपुर र आफु एकै ठाउँमा जिम गर्ने गरेको र जिम गर्ने ठाउँमा उनले लगाउने छोटा कपडाले आफुलाई चिन्तित बनाएको बताएकी छिन् । जान्ह्वीले जिममा मात्र होइन सार्बजनिक समारोह तथा कार्यक्रमस्थलहरुमा पनि छोटै कपडामा जाने गरेकी छिन् ।

उनले अगाडि भनेकी छिन् -‘यसले अहिलेको पुस्तामा नकरात्मक सन्देश जानेछ ।अभिनेत्रीहरूले कहाँ कस्तो कपडा लगाउने भन्ने बुझेर सोहीअनुसारको पहिरनमा आफूलाई प्रस्तुत गर्नु पर्ने हुन्छ।’

‘कलाकारका करोडौं प्रशंसक हुन्छन् र कलाकारको पहिरनदेखि जीवनशैलीसमेत उनीहरूले अपनाउँछन् । हामीले सम्बन्धित ठाउँमा गलत पहिरन लगाएर जाँदा दर्शकले पनि त्यसै गर्ने भएकाले यसले समाजमा नकरात्मक समस्या निम्त्याउँछ ।’ कैटरिनाले भनिन् ।