पुनर्वास । आनन्दबजारमा भारतको ज्यादतीबारे छानबिन गर्न व्यवस्थापीका संसदको सामाजिक न्याय तथा मानव अधिकार संसदीय समितिको टोलीले घटना स्थलको स्थलगत निरीक्षण गरेको छ । संसदीय टोलीले उक्त घटनामा सहिद भएका गोविन्द गौतम र गम्भीर घाइते टिकाराम चापागाईंसँग भेट गरेको छ ।

सांसद धनबहादुर रायमाझीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोलीले पुनर्वास नगरपालिका गोविन्द बजार (नाम परिवर्तन आनन्द बजार) स्थित गौतमलाई गोली लागेको ठाउँ, कल्भर्ट निर्माण भएको ठाँउ र सीमा क्षेत्रको स्थलगत अवलोकन गरेको छ । टोलीले सहिद गौतमको परिवारलाई भेटी सहानुभूति प्रकट गर्दै सहिद परिवारका गुनासो तथा मागहरुलाई सरकारले पूरा गर्ने बताए ।

संसदीय समितिका संयोजक सांसद रायमाझीले राष्ट्रले एक वीर नेपाली सपूत पाएकोप्रति राष्ट्रले गर्व गरेको बताउँदै सहिद परिवारप्रति समबेदना प्रकट गरेका थिए ।

सामाजिक न्याय तथा मानव अधिकार संसदीय समितिको टोलीमा संयोजक सांसद धन बहादुर रायमाझी, सांसद कमला सुवेदी, सांसद प्यारेलाल राना, सांसद राममाया बोगटी, व्यावस्थापिका संसद सचिवालय उप सचिव सञ्जय दाहाल, व्यावस्थापिका संसद नायब सुब्बा पुणेन्द्र पाण्डेयसहिद ६ जनाको छानबिन टोली घटनाको स्थलको अवलोकन गरेको थियो ।

संसदीय समितिको टोलीसमक्ष सहिद गोविन्द गौतम सीमा सुरक्षा संघर्ष समितिका संयोजक चन्द्रमणि गैरेले कञ्चनपुरका दक्षिणी भेग बेलडाँडीदेखि बिचफाँटासम्मको वास्तविक सीमा पहिचान गरी छुट्याइनु पर्ने, गोविन्द बजारमा तत्काल ससस्त्र प्रहरीको बेश क्याम्प राखिनुपर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई भारतीय एसएसबीले गर्ने दुर्व्यवाहारप्रति सरकारको ध्यानाकर्षण हुनुपर्नेजस्ता मौखिक मागहरु राखेका थिए ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष वीर बहादुर थापाले यस क्षेत्रमा भारतीय पक्षबाट नेपालीप्रति हुने गरेको ज्यादती तथा अतिक्रमणबारे जानकारी गराएका थिए । स्थानीय पार्वतीदेवी शाहीले भारतीय एसएसबीले नेपाली महिलाप्रति गर्ने हिंसा तथा दुर्व्यावहारको जानकारी संसदीय सो टोलि समक्ष गराएकी थिइन् ।

टोली संयोजक रायमाझीले घटना स्थल हेर्दा र प्रहरी, बुद्धिजीवी, पत्रकार, नेता तथा स्थानीयहरुको बयानका आधारमा भारतीय पक्षले नेपाली भुमिमा आएर ज्यादती गरेको पुष्टि भएको बताउँदै समस्या तथा मागहरु पूरा गर्न योजना बनाएर सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता जाहेर गरे ।

एसएसबीको गोली लागेर गम्भीर घाइते बेलौरी नगरपालिकाका टिकाराम चापागाईंलाई भेटेर दु:ख प्रकट गर्दै सम्पूर्ण उपचारको खर्च सरकारले व्यहोर्ने समितिका संयोजक रायमाझीले बताए । चापागाईंले आफूलाई दीर्घकालीन समस्या देखिएमा सरकारले उपचार तथा सन्तानको शिक्षा तथा स्वास्थ्योपचारमा मद्दत गर्नुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah