काठमाडौं । नेपालका प्रथम किराँती राजा यलम्बरको सम्झनामा यलम्बर सांस्कृतिक कार्यक्रम हुने भएको छ । किराँती नव–सांस्कृतिक केन्द्रले किराँती समुदायको चाड उभौली (साकेला)को अवसरमा सांस्कृतिक संस्थानमा यो कार्यक्रम गर्ने भएको हो ।
सो क्रममा वरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई ‘यलम्बर सांस्कृतिक सम्मान’बाट सम्मान गर्ने तयारी केन्द्रको रहेको छ । जेठ २९ गते यलम्बर सांस्कृतिक विशेष कार्यक्रमका अवसरमा रु दुई लाख १० हजार राशिसहित जनाएको छ ।
यस्तै रु ३० हजार राशिको किराँती नव सांस्कृतिक सम्मानबाट वरिष्ठ गायक कुवेर राईलाई तथा रु २० हजार राशिसहित किराँती नव–सांस्कृतिक प्रतिभा पुरस्कारबाट चर्चित गायिका मेलिना राईलाई सम्मान गरिने किराँती नव–सांस्कृतिक केन्द्रका संयोजक राकेश किराँतीले जानकारी दिए ।










