एजेन्सी ।क्यालिफोर्नियाको सान डियगोस्थित सार्प मारी बिर्च अस्पतालमा सबै भन्दा कम तौलको बालिका जन्मिएकी छन् । २४५ ग्राम तौल भएकी सेबी सन् २०१८ को डिसेम्बरमा जन्मेकी हुन्।

चिकित्सकहरूले केही घण्टा मात्रै बाँच्ने भनेका बालिका बाँच्न सफल भई सबैभन्दा कम तौलको कीर्तिमान राख्न सफल भएकी छन् । बालिकाको उक्त तौल एउटा ठूलो स्याउ बराबरको रहेको बीबीसीमा उल्लेख छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बीबीसीका अनुसार मृत्युसँगको सङ्घर्षमा जितेकी बालिका सेबी साढे दुई किलोको स्वस्थ बच्चाका रुपमा अस्पतालबाट डिस्चार्ज भएकी छन्। खबर अनुसार सेबी ६ महिनामा जन्मिएकी थिइन् । आमा छ महिनाको गर्भवती हुँदा आपत्‌कालीन अप्रेशन गरेर कम तौल भएकी बालिका निकालिएको अस्पतालले जनाएको छ ।

सन् २०१५ मा जर्मनीमा २५२ ग्रामको तौल भएको एक बालिका जन्मेकी थिइन् भने उक्त वर्षमा नै जापानमा २६८ ग्रामको तौलको बालक जन्मेका थिए । बीबीसी