काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको नेकपाको सरकारले ल्याएको बजेटले देशलाई सही दिशा दिन नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा मंगलवार आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले नेकपासँग संख्या भएपनि सिद्धान्त नभएको आरोप लगाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘बहुमतको सरकारले रुपान्तरणको बीउ रोप्छ कि भन्ने आशा थियो । नेपाललाई मान्छे बेच्ने होइन समान बेच्ने देशको रूपमा अगाढि बढाउला भन्ने अपेक्षा थियो,’ गगनले प्रश्न गरे, ‘छिटो छिटो फेरिने सरकारभन्दा स्थिर कम्युनिष्टको सरकारले के अतिरिक्त कुरा गर्दैछ ?’

सरकारले सांसदलाई ६ करोड रुपैयाँ दिएर अल्मलाउन खोजेको आरोप लगाए । ‘नागरिक भएर सोच्छु, फेरि अझै तीन वर्ष यही सरकारले बजेट ल्याउँछ । मेरो नागरिकको रूपमा तीन वर्ष खेर जाने भयो यत्रो अनुकूलको समय,’ गगनले अर्थमन्त्रीसँग प्रश्न गरे, ‘अर्थमन्त्रीलाई सोध्न चाहन्छु– म सांसद भएर खुशी हुँ कि व्यक्ति नागरिक भएर दुखी हुँ ?’ लोकान्तर बाट