काठमाडौँ– मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा सरकारले बुधबार आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

गृहले भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘ईदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले बुधबार सार्वजनिक बिदा हुनेछ।’
तर यस भन्दा अघि २३ गते विहिबार सार्वजनिक बिदा भनिएकाले अन्योल भए पनि गृहमन्त्रालयले बिदा आज बुधबार नै हो भनेर स्पष्ट पारेको छ ।











