तेह्रथुम / खानेपानीको समस्याले बर्षाैदेखी ग्रसित बन्दै आएका नागििरकहरुको समस्या समाधान हुने भएको छ । जलबायुँ परिर्वतनका कारण गाउँका मुलहरु सुके सँगै खानेपानीको समस्याले पिरोलिन्दै आएका जिल्लाको पश्चिमी क्षेत्रका नागरिकहरुले खानेपानी पाउने भएका छन । यहाँका स्थानीयहरुको चरम समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले खानेपानी आयोजनाका सञ्चालनका लागी रकम बिनीयोजन गरेपछी समस्या समाधान हुने नागरिकहरुले आश गर्न थालेका छन ।

१ नम्बर प्रदेश सरकारले यसक्षेत्रमा तिनवटन खानेपानी आयोजनाको लागी ३ करोड ७ लाख रुपैयाँ बिनीया्जन गरेको छ । छथर गाउँपालिकाको वडा नम्बर २,३,४,५ र ६ का नागरिकहरुलाई लक्षित गरी तिनवटा खानेपानी आयोजनाको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । खासगरी तमोरनदीले छोएका गाउँहरुमा खानेपानीको चरम समस्या रहँदै आएको छ । खानेपानीकै समस्याले बर्षेनी यहाँका दर्जनौ घरहरु बसाई सरी अन्यात्र जाने गरेका छन । गाउँको बिचमा एउटा एउटा धारा छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१५ देखी २० घरका मानिसहरु खानेपानीको लागी लाईन लाग्छन् । केहीले पालो आउँछ त कहिले आउँदैन । १ दिन पानी आएन भने पानी पैँचो चलाउनु पर्छ यहाँका स्थानीयहरुले । बाटोमा हिड्ने बटुवालाई एक गिलास पिउने पानी दिन मुस्कील छ । यस क्षेत्रमा बिकास निमार्णका कामहरु पानी कै कारण रोकिन्दै आएको पञ्चकन्या माध्यमिक बिद्यालयका प्रधानध्यापक नविन्द्रराज अधिकारीले बताए ।

“बिद्यालयहरुमा खानेपानीका धारा मात्रै छन । पानी आउँदैन । घरबाटै बोतलमा पानी बोकेर खानु पर्छ” पब्लिक आधारभुत बिद्यालयका शिक्षीका सबिता श्रेष्ठले भनिन् । खानेपानी नहुँदा बिद्यार्थीहरुलाई समस्या रहँदै आएको बिद्यालयहरुले जनाएका छन । यहाँको चरम समस्यालाई समाधानका निम्ती प्रदेश सरकारको ध्यान केन्द्रित भएकोले रमक बिनीयोजन गरीएको १ नम्बर प्रदेश सदस्य लक्ष्मण तिवारीले बताए ।

सुख्खाग्रस्त क्षेत्रको रुपमा घोषणा गरीएको यस क्षेत्रको समस्या समाधानका निम्ती आयोजनाको कामहरु तिब्र रुपमा भई रहेको छ । तेलीय खानेपानी आयोजनाको काम भई रहेको गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताए । पाईपलाईन बिस्तार, च्यबर निमार्ण लगायतका भई रहेको प्रबक्ता नेपालीले बताए । अधेँरी खानेपानी आयोजना र डाडेमुल खानेपानी आयोजनाको काम तत्कालै सुरु हुने तयारी भई रहेको गाउँपालिकाले जनाएको छन । गाउँपालिका क्षेत्रका १ हजार घर यो आयोजनाले लाभान्भीत हुने भएका छन ।

गाउँपालिकाले अल्पकालिन तथा दिर्गकालिन समस्या समाधानका निम्ती बिगतका बर्षदेखी नै खानेपानीको क्षेत्रमा काम गर्दै आएको जनाएको छ । खानेपानी समस्याले मानीस तथा पशुपक्षीहरुलाई जीउन मूस्किल बन्दै आएको छ । यहाँका स्थानीयहरुले बर्षादमा पोखरी बनाएर पानी संकलन गरी प्रयोगमा ल्याउने गरेका छन । गाउँपालिकामा ३६ सय ३६ घरधुरी रहेका छन ।