काठमाडाैं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले दश करोड लागे पनि पत्रकारलाई सिध्याउने बताएका छन् । मंगलबार ‘पत्रकारको नाकको हड्डी भाँच्न’ पत्रकारलाई धम्की दिएको समाचाहरु बाहिरिएको थियो । उक्त विषयमा ‘सिधा कुरा जनासँग’ कार्यक्रममा फाेनमार्फत प्रत्यक्ष कुरा गर्दै दश करोड लागे पनि पत्रकारलाई सिध्याउने अभिव्यक्ति दिएका हुन् ।
कार्यक्रममा ‘एक करोड खर्च गरेर पत्रकारलाई सिध्याउछु भन्नु भएको छ अब के गर्नु हुन्छ’ भनेर साेधिएकाे प्रश्नमा मेयर चौधरीले भने- ‘एक करोड होइन दश करोड लागे पनि सिध्याउछु, रिस उठ्यो भने ।’ उनले पीत पत्रकारिता गर्नेलाई कालो मोसो दलेर घुमाउने पनि बताए ।
पत्रकारको दादागिरी भएको भन्दै उनले प्रतिप्रश्न गरे- ‘कलम छ भनेर दादागिरी देखाउने ? त्यस्ता दादागिरी मैले पनि देखेको छु । उनले पत्रकारलाई ‘पत्रुकार’ र चाटुकार भन्दै गाली समेत गरे । उनले आफूले धम्की दिएको भन्दै कारबाही गर्न चुनैति पनि दिए उनले भने- ‘मैले धम्की दिए, कारबाही गर्नु ।, खुल्ला चुनैति खुल्ला, ओपन च्यालेन्ज विराट अनुपम । ‘
इटहरीका एक जना पत्रकारलाई नुन घोलेर टाउकोमा हालिदिएछि विस्थापित भएको पनि बताए । उनले भने- ‘इटहरीका एक जना पत्रकारलाई नुन घोलेर टाउकोमा हालिदिएछि विस्थापित भए पीत पत्रकारीता गर्नेलाई इटहरीमा यस्तै साशन चल्छ ।’
उनले जनप्रतिनिधिलाई गाली बेज्जती गर्ने पत्रकारलाई छुट नभएकाे पनि बताए । पत्रकारले बेज्जती गरेकाे भन्दै पत्रकार र अदालतले आफ्नो क्षतिपूर्ति पनि दिन नसक्ने पनि उनले बताए । कम्जोरहरुले प्रहरी र आदलतको सहर लिने समेत बताए । उनले भने- ‘कम्जोरहरुले प्रहरीको सहायता लिन्छ, आदलतको सहायता लिन्छ , म त्यस्तो कम्जोर छैन ।’
उनले सबै प्रहरी कानून, अदालत, संविधान र राज्य सबै बुर्जुवा भएकाे पनि बताए । ‘उसो भए कानुन किन चाहियो ? प्रहरी किन चाहियो ?’ भनेर प्रश्न गर्दा मेयर चौधरीले भने-यो सबै बुर्जुवाहरूको देखाउने काम हो, यो कानुन, यो अदालत, यो संविधान, यो सबै बुर्जावाले देखाउने हो । यो बुर्जुवा राज्ययान्त्र हो । ‘
उनले आफू नेकपाको कार्यक्रर्ता भएकाे र २० वर्षदेखि राजनीति गर्दै आएको आएको बताउँदै भने- ‘मलाई थाहा छ, कुन बाटो कारबाहाी गर्ने हो, जस्तालाई जस्तै ढिँडालाई निस्तै, तह लागउछु, तह लगाई सके, लोपार्दी सके अब कालो मोसो दल्छु ।’
मेयर चौधरीले आफूले दुई जना भ्रष्टाचारी कर्मचारीलाई निकाली सकेको र अब १२ जना भ्रष्ट कर्मचारीलाई निकाल्ने पनि बताए । उनले भ्रष्टाचारीलाई झुण्डाएर राखेको पनि बताए । उनले भने- ‘ भ्रष्टा कर्मचारीहरू घिरौला जस्तो झुण्डाएर राखेको छु ।’ पार्टीले आफूलाई राम्राे काम गरेकाे पनि उनले बताए । उनले भने, ‘पार्टीले इमानदार छ, जे गर्दैछ ठिक गर्दैछ भन्छ पार्टीले ।’
उनले पत्रकारले अरूको इसारामा कलम चलाएको पनि बताए । उनले तत्कालीन नेकपा एमालेका रामप्रसाद चौलागाईको इसारामा चलेर आफ्नो बेइज्जती गरेको पनि बताए । उनले भने, ‘अरूकाे इसारामा चल्ने? पाँच वर्षपछि मेयर बन्ने ? हुँदै गर मेयर, कसरी बन्छौँ मेयर, म पनि हेर्छु ।’
भ्रष्टाचारी केदार प्रसाद चौलागाईलाई आफूले पिटेको पनि बताए । उनले भने, खानेपानी, पाइप बिछ्याउने, किसानको घाटी रेड्ने यस्ता घुसखोरी, दालालहरुलाई हात छाडेर हातले हान्छु । उनले फटाहालाई बाँकी नराख्ने पनि बताए । उनले भने, ‘चाहे अधिकृत होस्, चाहे पत्रकार होस् जो-जो मान्छे फटाहा छन् त्यसलाई बाँकी राख्दीन, कालाे माेसाे दलेर घुमाउँछु ।
मेयर चाैधरीले इटहरीकै पत्रकार विराट अनुपमलाई फोनमा नाकको हड्डी भाँच्न एक करोड छुट्ट्याएर राखेको बताएका थिए ।
भिडियाे :
पत्रकार विराट अनुपमको फेसबुक पोस्टमा मेयर चौधरीले ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि यसबारे अनुपमले बुझ्न खोज्दा मेयर चौधरीले ‘अब तिम्रो नाकको हड्डी भाँच्न बाँकी छ, त्यसको लागि मैले एक करोड छुट्ट्याएको छु । एक घडेरी राखेको छु’ भन्दै धम्क्याएका थिए ।
यसअघि कर्मचारी कुटेको र पत्रकार लोपारेको विषयमा आलोचना भएकाे थियाे । गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई कुटेका थिए । उक्त घटनापछि कर्मचारीहरूले मेयरविरुद्ध आन्दोलनकै घोषणा गरेका थिए ।
सम्बन्धीत समाचार
इटहरीका मेयर चौधरी उग्र– लाइभ कार्यक्रममै गाली र धम्की !
नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै पत्रकारलाई मेयर चौधरीको धम्की !
पत्रकारमाथि मेयर चौधरीले गरेका दुव्र्यवहारप्रति महासंघको निन्दा
पत्रकारलाई लोपार्ने इटहरीका मेयर चौधरीले मागे माफी
नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै पत्रकारलाई मेयर चौधरीको धम्की !










