काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । आज टुङ्गो लाग्ने भनिएको कार्यविभाजन पनि आजको बैठकले टुङ्ग्याउन सकेको छैन ।
कार्यविभाजन सम्बन्धि छलफल सकारात्मह रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । कार्यविभाजको टुङ्गो भने भोलिको बैठकले लगाउने भएको छ ।










