काठमाडौं । पत्रकारको नाक भाच्न एक करोड छुट्टयाएको भनेर सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक रूपमा धम्की दिएकै बेला सुनसरीको धरान उपमहानगरपालिकामा अर्का एक पत्रकार कुटिएका छन् ।

धरानका पत्रकार दिलबहादुर राई कार्यस्थलमा नै कुटिएका हुन् ।  नेपाल पत्रकार महासंघ धनकुटाका कार्यकारी सदस्य तथा डीवीआर टेलिभिजन धरानका प्रमुख दिल वहादुर राईलाई मंगलवार राति टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा केही यूवाहरुले धारिलो हतियारले आक्रमण गरी घाइते बनाएको भन्दै नेपाल प्रेस युनियनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युनियनले धरान उपमहानगरपालिकामा भएको यो आक्रमण मौलाउँदो दण्डहिनाताको नमुना भएको जनाएको छ ।समाचार लेखेकै भरमा पत्रकार राईलाई आक्रमण गरी घाइते बनाएको घट्नाको घोर भत्सना र विरोध गर्दै तत्काल आक्रमणकारीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न युनियनले माग गरेको छ ।