एजेन्सी । केही वानी यस्ता हुने गर्दछन् जसका कारण ग्रहमा अशुभ असर पर्ने गर्दछ। कुनै मानिले फाल्तुमा पानी बगाइरहेका हुन्छन्, जसले चन्द्र ग्रहमा दोष बढ्ने गर्दछ। चन्द्र ग्रहमा अशुभ प्रभाव पर्दा घरकी महिलाको स्वास्थ्यमा समस्या देखिने गर्दछ। घरमा रहने व्यक्तिमाथि तनाव थपिने गर्दछ। केही व्यक्तिले खाना जुठो छोड्ने गर्दछन्, जसले मंगल र शुक्र दुबै ग्रहमा अशुभ प्रभाव पर्ने गर्दछ। यसै कारण परिवारमा विवाद उत्पन्न हुने गर्दछ। यस्ता विभिन्न प्रकारका वानीले ग्रहमा अशुभ प्रभाव पर्ने गर्दछ। आज हामी केही वानीका बारेमा जानकारी दिदैछौँ।

१) बसेपछि खुट्टा हल्लाउने वानीले नोक्सान
केही व्यक्तिले बसेपछि खुट्टा हल्लाउने वानी हुन्छ। ज्योतिषका अनुसार यसो गर्दा उसको कुण्डलीमा बुध र शनिको अशुभ प्रभाव पर्ने गर्दछ। यसको समस्या समाधानका लागि शनिबार पिपलमा चल चढाउनुहोस्।
२) पटक पटक चिलाउने बानी
केही व्यक्तिको यस्तो वानी हुन्छ, आवश्यकता भन्दा बढी शरीर चिलाउने गर्दछन्। यस्ता व्यक्तिमा केतुको अशुभ असर पर्ने गर्दछ। यसबाट बच्नका लागि बिहान बेलुकी कालो कुकुरलाई रोटी खुवाउनुहोस्।
३) फाल्तु कुरामा समय दिनु
केही व्यक्तिको वानी हुने गर्दछ, बेकार दोस्रो व्यक्तिलाई फाल्तु सल्लाह दिने । यस्तो वानीले दोस्रो व्यक्तिलाई सताउने गर्दछन्। यस्तो वानीले आफैलाई नकारात्मक प्रभाव पर्ने गर्दछ। यसो गर्दा वृहस्पति ग्रहको अशुभ प्रभाव पर्ने गर्दछ। यसबाट छुटकारा पाउन चन्दन वा केसर खान गर्नुहोस्।
४) पटक पटकखाने वानी
केही व्यक्तिको पटक पटक केही न केही कुरा खाने वानी हुने गर्दछ। यो ठिक होइन्। यसो गर्दा सूर्य दोष बढ्ने गर्दछ। यसो गर्दा अधिकारी वा प्रशासनिक काममा बाधा आउने गर्दछ। यसबाट बच्नका लागि हरेक दिन सूर्यलाई जल चढाउनुहोस्।
५) पटक पटक उभिएर हल्लिने वानी
केही व्यक्तिको यस्तो वानी हुने गर्दछ, जुन उभिएपछि पटक पटक हल्लिने गर्दछन्। यसो गर्दा मानिसको स्मरण शक्ति कमजोर हुने गर्दछ। यस्ता व्यक्तिलाई निकै पसिना आउने गर्दछ। यस्तो बानीले बुध र गुरुको अशुभ प्रभाव पर्ने गर्दछ। यसबाट बच्नका लागि गणेश मन्दिरमा काँसको भाँडाबाट लड्डु चडाउनुहोस्।



