काठमाडौं।नेपाली भाषा र साहित्यका धरोहर भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा अवस्थित भानुनगरपालिकाले करिब सयभन्दा बढी कर्मचारीलाई बिर्खे टोपी अनिवार्य गरेको छ ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दैै नगरपालिकाका १३ वडामा बिर्खे टोपी र कर्मचारी पोसाक अनिवार्य लगाउनुपर्ने बनाएकोे हो ।
भानु नगरपालिकाका प्रमुख उदयराज गौलीका अनुसार कार्यालयका कुनैपनि कर्मचारीले निर्धारित समयमा पोसाक लगाएर कार्यालय नआएको देखिएमा कर्मचारीलाई हाजिरी गर्न नदिने बताए ।
बिर्खे टोपी र कर्मचारी पोसाक अनिवार्य गरेपछि कर्मचारीमा अनुशासन, जिम्मेवारी र एकरूपता देखिएको बताउँदै प्रमुख गौलीले कुनै पनि परिवर्तनको सुरुवात आफैंबाट हुनु जरुरी भएको बताए ।
उनले नगरपालिकाका सबै माताहतका कार्यालयमा कार्यरत कर्मचारीका लागि अभियानका रुपमा लैजाने योजना भएको बताए ।










