काठमाण्डु, २३ जेठ – ललितपुरको महाँकाल गाउँपालिकामा आमाछोरीको शव झुण्डिएको अवस्थामा फेला  भेटिएको छ । बिहीबार बिहान महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडामा आमाछोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ५ महिनाअघि मुगुबाट कालेश्वर बसाईं सरेर आएका जानी शर्मा र उनकी छोरी राधिका शर्मा रहेको प्रहरी चौकी कालेश्वरका प्रहरी सहायक निरीक्षक नागेन्द्र कुमारले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुको हत्या वा आतमहत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहको सहायक निरीक्षक कुमारले जानकारी दिए ।