डिउटीमा रहेको प्रहरी टोलीमाथि बियरको बोतल प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। बुधबार राति उदयपुरको कटारी नगरपालिका–६ स्थित बिहीबारेमा डिउटीमा खटिएका प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कटरी नगरपालिका–७ बस्ने २२ वर्षीय प्रदीप तामाङसहित दुई पुरुष र दुई महिला रहेका छन्। बिहीबारे क्षेत्रमा हो–हल्ला गरी बसेका उनीहरुलाई प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी टोलीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीमाथि बोतल र भाटा प्रहार गरेको प्रहरीले जनाएको छ।
उनीहरुको आक्रमणबाट तीन प्रहरी घाइते बनेको र उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न एक जना फरार रहेको र उसको खोजीकार्य भइरहेको जनाएको छ। पक्राउ परेका पाँचै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।नेपालखबर











