दमक/दमक ९ स्थित महालक्ष्मी आधारभूत बिद्यालयमा खानेपानीका लागि बिद्यार्थीहरुले बिजोग भोग्दै आएको देखेपछि रोटरी क्लव अफ दमकले खानेपानीको ब्यवस्था गरिदिने भएको छ । महालक्ष्मी बिद्यालयमा बर्षौदेखि बिग्रिएको कलको तस्विर सहितको आलेश सवाल नेपालले प्रकाशित गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुद्ध खानेपानीकोलागि आफुहरुले भौतिक निर्माणका लागि काम शुरु गरेको रोटरी क्लव अफ दमकका कार्यवाहक अध्यक्ष संदिप चापागाँइले बताए । मानवीय सेवामा समर्पित भएर यो सेवाको काम गर्न लागिएको हो, उनले भने ।

बढिमा दुइसाताभित्रमा यस बिद्यालयका बिद्यार्थीहरुले शुद्ध पानी पीउने अवस्था आउने जनाईएको छ । बढिमा दुइसातामा धारामा पानी खान पाउनेछन्, चापागाइले भने  ।आफुहरुले शुद्ध खानेपानी बिद्यार्थीलाइ पुर्याउन यसभन्दा अघि पनि दमकका केहि बिद्यालयहरुमा पानीको ब्यवस्थापन गरेको चापागाइले जनाए ।