क्वालालम्पुर,जेठ-२६/मलेसियाको क्वालालम्पुरमा एस.एस.ओ.जी ग्रुप द्वारा आयोजित नेपाली सांगितीक कार्यक्रममा मलेसियाली अध्यागमनले छापा हान्दा कलाकार लगायत कयौं नेपालीहरु पक्राउ परेका छन।

मुस्लिम समुदायहरुको विशेष पर्व हरिरायाको अवसरमा एस.एस.ओ.जी नामक अनलाइन सेमुल प्रयोगकर्ताहरुको प्रमुख आयोजनामा क्वालालम्पुरको कोतराया कम्प्लेक्समा उक्त साङ्गितिक धमका आयोजना गरिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त कार्यक्रमका निमित्त नेपाल बाट आमन्त्रीत रास्ट्रीय कलाकार सुजन आङदाम्बे,श्रेया राई,सुनिता थेगिम रहेका छन।भने आयोजक समेत गरेर २६ जना अध्यागमनले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी तथा नेपाल आदिबासी जनजाती पत्रकार महासघ साखा मलेशियाका अध्यक्षले जानकारी दिएका हुन।