जेठ २३, २०७६

काठमाडौं– सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा भीषण आँधीहुरी आउँदा डेढ दर्जन नागरिक घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबार साँझ साढे ७ बजेतिर आएको हावाहरीका कारण धनगढीमा १० जना घाइते भएका छन् । यस्तै रुखहरु ढल्नाका साथै सयौं घरका छानाहरु उडाएको खबर प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले आँधीहरुबाट जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । उनले जिल्ला प्रहरी कार्यालयको वाल र होरिङ बोर्ड हुरीले उडाएको जानकारी दिँदै ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न पुगेको बताए ।

जिल्लाभरी नै हुरीको प्रभाव परेको पनि उनको भनाई छ ।

यता कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हुरीबाट ८ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

अहिले प्रभावित क्षेत्रमा सामान्य वर्ष भइरहेको भएपनि हुरी भने आउन रोकिएको छ ।