दोलखा, १० चैत । नेपाली कांग्रेस दोलखाका प्रभावशाली नेता टंक जिरेल एमालेमा प्रवेश गर्ने भएका छन् । २०७३ चैत १३ गते जिरीमा आयोजित कार्यक्रममा उनी एमालेमा प्रवेश गर्ने कार्यक्रम छ । उनलाई एमाले पोलिट्ब्यूरो सदस्य पशुपति चौलागाईले एमालेमा प्रवेश गराउने कार्यक्रम छ । एमाले केन्द्रीय सदस्य तथा सांसद पार्वत गुरुङ र दोलखा एमाले अध्यक्ष इश्वर पोखरेलसहितका नेताहरुको पहलमा जिरेल एमालेमा प्रवेश गर्न लागेका छन् । जिरेलले सामाजिक संजाल फेसबुकमा नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरिसकेका छन् । जिरी गाउँ विकास समितिका पूर्वअध्यक्ष जिरेल दोलखा कांग्रेसका पुराना र प्रभावशाली नेताका रुपमा चिनिन्छन् । जिरेललाई एमालेले नवघोषित जिरी नगरपालिकाको नगरप्रमुखमा उम्मेदवार बनाउने चर्चा छ । दोलखामा सात गाउँपालिका र दुई नगरपालिका छन् । सातै गाविस र नगरपालिकामा एमालेको पकड बलियो बनाउन जिल्लाका सबै सांसद गाउँ गाउँमा संगठन विस्तारमा जुटेका छन् । दोलखामा एमाले अलि कमजोर रहेको जिरी नगरपालिकामा पूर्व अध्यक्ष जिरेलको प्रवेशले अब दोलखामा एमालेको संगठन मजबुत भएको छ, युवासंघ दोलखाका अध्यक्ष महाराज गुरुङले भने–‘अब हामी सातै गाउँपालिका र दुई नगरपालिका जित्छौं ।’
नेपाली कांग्रेस दोलखाका प्रभावशाली नेता टंक जिरेल एमालेमा प्रवेश गर्ने
सवाल नेपालसंवाददाताबिहीबार, ८ चैत २०७३

नेपाली कांग्रेस दोलखाका प्रभावशाली नेता टंक जिरेल एमालेमा प्रवेश गर्ने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



