काठमाडौँ - सरकारले स्पेन, बंगलादेश, अष्ट्रेलिया र कतारका लागि राजदूत सिफारिस गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले विदेशस्थित खाली भएका दूतावासमा राजदूत सिफारिस गरेको हो ।
स्पेनका लागि दावाफुटी शेर्पा, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारद भारद्वाज र अष्ट्रेलियाका लागि महेश दाहाललाई सिफारिस गरेको स्रोतले बताएको छ । अष्ट्रेलियाका लागि सिफारिसमा परेका दाहाल नेपाल टेलिभिजनका अध्यक्षसमेत रहिसकेका हुन् भने कतारका लागि सिफारिस भएका भारद्वाज तत्कालीन एमालेका विदेश विभागका सदस्य थिए ।
स्पेनका लागि सिफारिस भएकी शेर्पा पर्यटन क्षेत्रकी व्यवसायी हुन् भने बंगलादेशका लागि सिफारिस भएका मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री रहिसकेका व्यक्ति हुन् ।











