काठमाडौं । पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ परेको ज्ञानेन्द्र शाही रिहा भएका छन् । शुक्रबार सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै शाहीलाई रिहा गर्ने आदेश दिएको हो ।भ्रष्टाचारविरुद्ध अभियान चलाईरहेका शाहीले पत्रकारहरु आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै ‘दलाल र कुकुर’ गाली गरेका थिए ।
युट्युबहरुमा अन्तवार्ता दिँदै आएका उनी आफूले गरेको पत्रकार सम्मेलनमा नआएका पत्रकारहरुमाथि खनिएपछि उनी पत्रकारहरुको उजुरीका आधारमा गत हप्ता सुर्खेतबाट पक्राउ परेका थिए ।सुर्खेतमा पक्राउ परेपछि प्रहरीले उनलाई बसमा राखेर यातना दिएर काठमाडौं ल्याएको भन्दै मानव अधिकारकर्मीहरुले प्रहरीको विरोध गरेका थिए ।
प्रहरीको यातनाबाट घाइते भएको भन्दै केही दिन वीर अस्पतालमा भर्ना गरिएका शाहीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन अनुसार मुद्दा चलाएको थियो ।










