यदी कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन या बिनाकारण तपाईलाई दुःख दिइरहेको छ भने अथवा कुनै मानिसबाट तपाईलाई समस्या भैरहेको छ भने तपाईले नरिवलको यो सजिलो तरिका अपनाएमा दुश्मनबाट मुक्ति पाउन सकिन्छ ।

आउनुहोस यो तरिका थाहा पाइराखौँ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो उपाय कुनै पनि मंगलबार, शनिबार या औंसीको दिनमा गर्न सकिन्छ ।

यो उपाय अपनाउनको लागि तपाईलाई एक बिना पानीको नरिवल लिनुपर्ने छ ।

सिन्दुरको मसि बनाएर वा सिन्दुरलाई तेलमा घोलेर एक डन्डीको माध्यमले कुनै कुनामा शत्रुको नाम लेख्नुहोस ।

यो नरिवललाई सात पटक आफ्नो सिर माथिबाट घडिको उल्टोदिशामा घुमाउनुहोस ।

यसपछि नरिवललाई कुनै पुरानो भैरव वा काली मन्दिरमा राख्नुहोस र उनीसँग यस दुःखलाई हटाउन प्रार्थना गर्नुहोस ।

सात पटक नियम पूर्वक यसो गरेमा उसले तपाईको पैसा फिर्ता दिन्छ या तपाईलाई दुःख दिइरहेको छ भने दुःख दिन बन्द गर्छ ।