व्यवस्थापिका संसद सदस्य एवम् नेकपा (एमाले) की तराई मधेस क्षेत्रकी महिला नेतृ दुलारी देवीको निधन भएको छ ।
काठमाडौँको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको एमालेले जानकारी दिएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल उनको निधनपछि बी एण्ड बी अस्पताल पुगेका छन् । गत चैत ५ पाँच गते बिहान ११ बजे दुलारी देवी भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी थिइन् । उनीसँगै दुर्घटनामा परेका एक जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
गम्भीर घाaइते भएकी देवीको उपचारका क्रममा दायाँ खुट्टा काट्नु परेको थियो । उनी एमालेको तर्फबाट सर्लाहकी समानुपातिक सांसद हुन्।
सामान किन्न सीमावर्ती सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदा उनी सवार मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको थियो।



