लहान । घरेलु हिँसा अन्तर सिरहामा दुई महिना नवित्दै चार महिलाको हत्या भएको छ । सिरहामा छोरा नपाएको भन्दै एक महिलाको हत्या भएको छ । यस अघि तिन महिलालाई हत्या गरेको सार्वजनिक भएको छ । कर्जन्हा नगरापालीका–११ हटलेटवाका चन्देश्वर यादवले आफ्नै श्रीमती ३१ वर्षीया रितु यादवको घाँटी थिचेर हत्या गरेको माइतिपक्षले आरोप लागएको छ । मंगलबार अपरान्ह घरकै एक सदस्यले मृत अवस्थामा देखेपछि छरछिमेकलाई जानकारी गराइएको थियो । छिमेकले तत्काल प्रहरीलाई रितुको मृत्युबारे जानकारी गराएको जिल्ला प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रितुले छोरा नजन्माएको कारण घरमा पटक–पटक झगडा आएको थियो । सिरहा सदरमुकामको महावीर चौक माइती भएको रितुको ९ वर्षअघि विवाह भएको थियो । उनको ६ वर्षीकी एक छोरी छिन् । रितुको माइतीपक्षले छोरीको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा चार जनाविरुद्ध उजुरी दिएका छन् । यसअघि वैशाख २० गते सिरहा नपा–१४ खिरौनाका २१ वर्षीय मनिषा कुमारी मण्डलको पनि हत्या भएको थियो । दाइजोको कारण हत्या गरेको मनिषाको माइतीले आरोप लगाएको छ । सिरहाकै गोलबजार नपा–८ भाईजीटोल माइती रहेकी मनिषाको गत फागुनमा मात्र रामरेशसँग विवाह भएको थियो । उनलाई कवोलेको चार आना सुन नदिएको कारण

छोरीको हत्या गरेको मनिषाको बाबु रघुनाथ मण्डलले आरोप लगाएका छन् । उनले छोरीको हत्या आरोपमा रामरेशसहित चार जना उपर मुद्धा दायर गरेको छ । त्यसैगरी, वैशाख १३ गते कल्याणपुरकी कञ्चन कुमारी मण्डलको पनि रहस्यमयी मत्यु भएको छ । कञ्चनको आगो लगाई हत्या भएको हो । आगलागीबाट गम्भीर घाइते भएकी कञ्चनले मृत्युअघि उपचारको क्रममा भएको हो । माइती पक्षले ज्वाइँको अन्य महिलासँग नाजायज सम्वन्ध रहेकोले छोरीसँग पटक–पटक झैझगडा हुने गरेकोले उनीहरुले नै हत्या गरेको आरोप लगाएको छ ।

त्यसैगरि जेठ -२४ गते लहान नगरपालिका- १९ छरापटि की २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । घाइते अवस्थामा बिहीबार राति उपचार को लागि लहान हुदै विराटनगर पु-याइएकी उनको विराट नर्सिङ होममा मृत्यु भएको थियो । सिरहाको सुखीपुर नगरपालिका–२ विद्यानगरकी खातुनको तीन वर्षअघि समीर राइनसँग विवाह भएको थियो । उनीहरूको ६ महिनाको छोरा र डेढ वर्षकी छोरी छन् ।

उनको शव विराटनगरबाट शुक्रबार दिउँसो घर ल्याउनेक्रममा माइती पक्षले हत्या गरिएको भन्दै पोस्टमार्टम गराउनुपर्ने अडान लिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । यता ,नुरजहाँलाई लिएर विराटनगर गएका पति समीर र सासू बतुलिया खातुन शव ल्याउनेक्रममा सुनसरीको इनरुवामा ओर्लिएर फरार भएका छन् । मृतकको दाहसंस्कार गर्ने तयारीका साथ शव ल्याउँदै गर्दा माइतीपक्षले प्रहरीमा उजुरी गरेपछि उनीहरू भागेको आशंका गरिएको छ ।

सिरहाको खिरौना लवटोली घर भएका मामा जहाँगिरका अनुसार भान्जीलाई राति कुटपिट गरी गम्भीर घाइते बनाएपछि अन्तिम अवस्थामा लहान ल्याइएको थियो । नुरजहाँका पति समीर बेरोजगार भएको र दिनभर साथीसंगीसँग बरालिएर घर फर्किने अनि आफूलाई लगातार कुटपिट गर्ने गरेको भान्जीले फोनमा सुनाउने गरेको मामा जहाँगिर ले बताएको छ । लहानमा भान्जीको शव हेर्न आएका मामा जहाँगिरले भान्जीको विवाह भएको तीन वर्षदेखि कहिल्यै कुटपिट नगरेको दिन नै थिएन, अन्ततः ज्यान नै लिए बताएका छन ।

पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरी ले बताएको छ । नुरजहाँका काका मो. जुमनले भने, ‘छोरीकोअनुहारसमेत हेर्न पाएनन् भन्दै नुरजहाँका बुबा मो मुस्ताक छोरीको विवाहमा खर्च भएको सात लाख ऋण तिर्न कतारमा पसिना बगाउँदै छन् । दुई छोरीको बिहेमा १४ लाख ऋणको भारीले थिचिएपछि दाजु विदेशमा छन बताएका छ्न। नुरजहाँका आमा सैबुल खातुन पनि रुने र बर्बराउने गरिरहेकी छिन् ।सिरहामा दुई महिना नवित्दै चार बुहारी महिलाको हत्या भएको छ ।राजधानी