काठमाडौं, जेठ २५

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणका लागि आज स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली युरोपका तीन राष्ट्रको भ्रमणका लागि आज साँझ ७ : १५ बजे जेनेभा प्रस्थान गर्नुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र र श्रम सचिव लगायत हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीलाई अन्तराष्ट्रिय बिमानस्थलको अति बिशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री इश्वर पोखरेलसहितका मन्त्रीहरु तथा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले हार्दिक बिदाई गर्नुभएको थियो ।