वि.सं. २०७६ जेठ २६,आइतबार, इ.स. २०१९ जुन ९, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलाथ्व, ज्येष्ठ शुक्लपक्ष, सप्तमी, २६:२४ उप्रान्त अष्टमी, नक्षत्र– मघा, १८:०० बजेउप्रान्त पूर्वफाल्गुनी, योग– हर्षण, १६:५६ बजेउप्रान्त वज्र, करण– गर, १५:३९ बजेदेखि वणिज, २६:२४ बजेउप्रान्त भद्रा, आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– सिंह, सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५७ बजे र दिनमान ३४ घडी २९ पला। कुमार–यात्रा। रवि–सप्तमी व्रत।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ,विदेश यात्राको योग छ,धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,आजको शुभ अंक १० रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला, ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ,आजको शुभ अंक ६ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,गोपनीयतामा ध्यान दिनुहोला,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,खर्च गरे अनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ,आजको शुभ अंक ५ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ, कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,आजको शुभ अंक ११ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,सामानहरू छुट्ने/हराउने सम्भावना छ, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक १२ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला,कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ, कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
आलश्य पनि दूर हुनेछ,गोपनीयतामा ध्यान दिनुहोला,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,आजको शुभ अंक ३ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सचेत रहनुहोला,व्यापारमा अवरोध आउने, समस्याहरू धेरै आउनेछन्,योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,आजको शुभ अंक १ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,विश्वास गुम्ने सम्भावना छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,आजको शुभ अंक ९ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मित्रता गाँस्नेहरूले सताउन सक्छ,झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ, चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आजको शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला, नोकारीमा समस्या आउनेछ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आजको शुभ अंक ७ रहेको छ। दिब्य ज्योतिष बाट साभार



