काठमाडौं। एक प्रचलित लोक कथाका अनुसार प्राचीन समयमा एक किसाको खेलमा ठूलो ढुंगो आएर बस्यो। त्यो ढुंगामा ठोक्किएर किसानलाई चोट पनि लागेको थियो। त्यो ढुंगा निकै लामो समयदेखि किसानको खेतमा नै थियो।

खेती गर्ने समयमा ढुंगामा ठोक्किएर हलो कोदालो भाँचिन्थे। तर त्यो ढुंगोलाई त्यहाँबाट हटाउन संभव थिएन। ढुंगो कसरी हटाउने भनेर सोच्दा सोच्दा दशकौं भइसकेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक दिन जोत्दै गर्दा त्यो ढुंगामा ठोक्किएर किसाको हलो भाँचियो। किसान उक्त ढुंगादेखि आजित भइसकेका थिए। उनले अब जसरी पनि ढुंगो निकाल्ने प्रण गरे। किसाले आफ्ना गाउँमा मानिसलाई ढुंगो निकाल्न सहयोगकालागि बोलाए। सबैले ढुंगो निकाल्नकालागि खाल्डो खन्न सुरु गरे।

उनीहरुले सोचेका थिए, ढुंगो निकै ठूलो होला, त्यहाँबाट निकाल्न धेरै महनत गर्नुपर्छ होला, तर केही समयपछि ढुंगा सजिलै बाहिर निस्कियो। यो देखेर सबै खुशी भए।

किसानले के सोचे भने यो सानो ढुंगालाई म आफैं पनि निकाल्न सक्ने हरेछु। यो सानो समस्यालाई मैले आफ्नो विचारको माध्यमले ठूलो बनाएँ। जसका कारण मेरो धेरै नोक्सान भयो।यो कथाबाट के शिक्षा प्राप्त हुन्छ भने कहिले काँही हामी सानो समस्यालाई पनि ठूलो समस्या ठान्छौं। र त्यो समस्याबाट बच्ने कोशिश गर्छौं र नोक्सानको सामना गर्छौं। यदि समस्याको सामना गर्ने हो भने सबै समस्याको समाधान निस्किन्छ|